+
+

रोकिराखेको विमानमा बेवारिसे अवस्थामा भेटियो १० हजार ८०० अमेरिकी डलर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:३०

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद भएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङ गरेर राखिएको बुद्ध एयरको विमानमा बेवारिसे अवस्थामा डलर भएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शनिबार साँझ बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍याण्ड ब्यागभित्र बेवारिसे अबस्थामा डलर फेला परेको थियो ।

बरामद डलरलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?