+
+

नेपाल टी-२० लिगको घोषणा, असोजमा गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:३५

१२ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघले नेपालको आधिकारिक टी–२० लिगको रुपमा नेपाल टी–२० प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताले नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर दिने क्यानले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले समेत मान्यता दिइसकेको छ । लिगको मिति भने घोषणा भएको छैन । ‘हामी केही दिनभित्रै लिगको मिति घोषणा गर्नेछौं । आउने असोजतिर लिग गर्ने तयारी गरेका छौं’ क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले अनलाइनखबरसँग भने ।

यो प्रतियोगिताको रणनीतिक तथा व्यापारिक साझेदारको रुपमा भारतको सेभेन थ्री स्पोर्टस रहनेछ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाल टी–२० ले नेपाली क्रिकेटलाई मात्र नभई सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताए । यो प्रतियोगिताले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, पर्यटन विकास गर्ने र विदेशी मुद्रा आर्जनसमेत गर्ने मन्त्री गहतराजको भनाइ छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो प्रतियोगिताले नेपालको क्रिकेटको स्तर माथि उठाउन सहयोग गर्ने बताए ।

नेपाल क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले क्रिकेटमा करिअर बनाउँदै गरेका युवा खेलाडीका लागि यो लिग कोशेढुंगा हुने बताए । ‘यस्ता व्यवसायिक लिगले नेपाली क्रिकेटको समग्र विकासका लागि पनि योगदान गर्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?