+
+

कोरोना कोषमा २१ करोड ५८ लाख रुपैयाँ मौज्दात

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १५:५५

१४ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।

यो कारेाना कोषको मात्र हिसाव हो । अब कोषमा २१ करोड ५८ लाख ३ हजार ३४५ रुपैयाँ मात्र बाँकि रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी गराएको छ ।

कार्यालयका अनुसार संचालक समितिले विभिन्न ६ वटा निर्णयमार्फत कोषमा रहेको रकम परिचालन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?