+
+

मर्चवारी गाउँपालिका-३का दलित महिला वडा सदस्‍य उम्मेदवारको निधन

रासस रासस
२०७९ वैशाख १८ गते १४:४५

१८ वैशाख, रुपन्देही ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको  मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?