+
+

राजश्व घटाउन र बढाउन रोइकराई गर्न छोडौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ११:२७

१९ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्व घटाउने वा बढाउने विषयमा रोइकराई हुने गरेको बताएका छन् । सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताए  ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताए  ।

अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताए । ३/४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको समेत उनले जानकारी दिए ।

खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै अर्थमन्त्री शर्माले कृषिमा रुपान्तरण जरुरी रहेको बताए । बाँझो जमिन राख्नै नहुने भन्दै उनलेे उत्पादनमा सरकारले जोड दिने बताए ।

उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी उनले गराए । आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।

निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको बताए । स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।

खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उनले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?