+
+

उच्च अंकले घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १५:२१

१९ वैशाख, काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ । आइतबार सार्वजनिक बिदाका कारण बन्द रहेको कारोबार सोमबार खुलेको हो । सोमबार ४८.७३ अंकले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।

सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भयो । यस दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढ्यो ।

सोमबार नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?