+
+

आईपीएलमा चेन्नईविरुद्ध बैंगलोर १३ रनले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ६:०५

२२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि महिपाल लोमरोरले ४२ र कप्तान फाफ डु प्लेसिसले ३८ रन योगदान गरे । विराट कोहली ३० रन बनाएर आउट भए । दिनेश कार्तिक २६ रनमा नविजित रहे ।

बलिङतर्फ चेन्नईका महेश थिक्षानाले ३ र मोइन अलीले २ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा चेन्नाइका लागि ऋतुराज गायकवाडले २६ रन बनाएका थिए । डेभोन कनवेले सर्वाधिक ५६ रन बटुले । मोइन अलीले ३४ रन बनाए ।

बलिङतर्फ बैंगलोरका हर्षल पटेलले ३ र ग्लेन म्याक्सवेलले २ विकेट लिएका छन् । पटेल प्लेयर अफ द म्याच भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?