+
+

आईपीएल : हैदरावादलाई हराउँदै दिल्ली पाँचौ स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ६:००
Photo Credit : IPL

२३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो ।

दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । अविजित रहेका उनी प्लेयर अफ द म्याच समेत भए । रोभम्यान पावेलले पनि अविजित ६७ रन बनाए । मिचेल मार्सले १० र कप्तान रिसभ पन्तले २६ रन बनाए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, सेन एबोट र श्रेयस गोपालले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुस्त सुरुवात थियो । विकेट पनि छिटोछिटो गुमे । हैदरावादका लागि ओपनर्स अभिषेक शर्माले ७ र कप्तान केन विलियम्सनले ५ रन मात्र बनाए । ३७ रन बनाउँदा उसको तीन विकेट गुमिसकेको थियो । यद्यपि एडेन मारकरमले ४२ र निकोलस पुरनले ६२ रन योगदान गरेका थिए ।

बलिङतर्फ दिल्लीका मोहम्मद खलिले ३ र शार्दुल ठाकुरले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?