+
+

२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्‍यो एक परीक्षार्थीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १९:१८

२३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले एक जना परीक्षार्थीलाई दुई वर्षसम्म उम्मेदवार हुन रोक लगाएको छ ।

परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै दैलेख आठबीस नगरपालिका–९ का लोकराज सिंजापतिलाई आयोगले लिने परीक्षामा दुई वर्षसम्म सहभागी हुन बञ्चित गरेको हो ।

१७ वैशाखमा सञ्चालन भएको खुला/समावेशी प्रशासन सेवा सहायकस्तर पाँचौ तहको एकीकृत वस्तुगत लिखित परीक्षामा सिंजापतिले परीक्षाको मर्यादित विपरीत काम गरेको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार आफूलाई प्राप्त प्रश्नपत्रको फोटो खिची सिंजापतिले मोबाइलमार्फत सोही दिन सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । २२ वैशाखमा बसेको आयोगको बैठकले  सिंजापतिलाई आगामी २ वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?