+
+

अदालतमा प्रहरीले भन्यो – हत्याको सबुत प्रमाण बाँदरले चोर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १४:१४

कुनै पनि घटनाका सबुत प्रमाणलाई अदालतमा पेस गरुन्जेल सुरक्षित राख्ने काम प्रहरीको हो । तर भारतको राजस्थानका जयपुरस्थित एक तल्लो अदालतमा चलिरहेको हत्यासम्बन्धी एक मुद्दामा सबै सबुत प्रमाण बाँदरले चोरेको जिकिर प्रहरीले गरेको छ ।

सन् २०१६ मा भएको एक युवकको हत्यामा प्रयोग भएको चक्कुलगायतका सबुत प्रमाण बाँदरले लगेको दाबी प्रहरीले गरेको छ ।
उक्त हत्याको मुद्दामा भएको पछिल्लो सुनुवाइका क्रममा अदालतले हत्याका घटनाका सबुत प्रमाण पेस गर्न प्रहरीलाई आदेश दिएको थियो ।

तर इजलास समक्ष पुलिसले सबुत प्रमाण पेस गर्न सकेन । हत्यासँग सम्बन्धित सबुत प्रमाण बाँदरले चोरेको हुँदा आफूसँग नभएको प्रहरीले इजलासमा बतायो ।

जयपुर ग्रामीण पुलिस अधिक्षक मनिष अग्रवालले लिखितरुपमा अदालतमा त्यस्तो जवाफ पेस गरेका हुन् ।

उनले अदालतसमक्ष भनेका छन्-या घटना सन् २०१६ को हो । तत्कालीन मालखाना इन्चार्जले सन् २०१७ मै ती सबुत प्रमाणहरू  बाँदरले लगेको भनी रिपोर्ट हालेका थिए ।

उक्त हत्यामा प्रयोग भएको चक्कुसँगै रगत लतपतिएको कपडा, घटनास्थलको माटो, रगतको नमूना, मोबाइल फोन,
उनका अनुसार सबुत प्रमाणहरूको एसएफएल जाँच रिपोर्ट प्राप्त भैसकेको थियो ।

यो घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यो मुद्दामा अदालतमा आगामी मे १३ मा अर्को सुनुवाइ हुनेछ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?