+
+

पर्साका ४ पालिकामा मतगणना जारी, अन्यमा मतगणनाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:२५

३१ वैशाख, वीरगञ्ज । पर्साका ४ पालिकामा मतगणना जारी छ । अन्य पालिकामा पनि आजैदेखि मतगणना गर्ने तयारी भइरहेको छ ।

१४ वटा पालिकामध्ये छिपहरमाई, ठोरी, धोविनी र पटेर्वा सुगौलीमा मतगणना जारी छ ।

वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको छ ।

पर्साको पोखरीया, पर्सागढी र बहुदरमाई नगरपालिकामा सर्वदलीय बैठक जारी छ ।

जगरनाथपुर गाउँपालिकामा शुक्रबार राति एउटा मतपेटिकाको सिल टुटेको भेटिएपछि त्यहाँ तनाव उत्पन्न भएको थियो । अहिले मतगणका लागि सर्बदलीय बैठक बसिरहेको छ ।

बिन्दबासिनी गाउँपालिकामा राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिए ।

जिराभवानी गाउँपालिकामा मतगणनाका लागि सर्बदलीय बैठक जारी छ भने कालिकामाई गाउँपालिकामा मतणनाका लागि तयारी भइरहेको छ ।

पकहाँमैनपुर गाउँपालिकामा राति नै सर्वदलीय बैठक बसाएर बिहान १० बजेदेखि मतगणना गर्ने भनिएपनि दलका प्रतिनिधि नआइपुगेकोले मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?