+
+

‘मेटगाला’ समारोहस्थल बाहिर प्यालेस्टाइन समर्थकको प्रदर्शन, १०० जनाभन्दा बढी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १३:५७

काठमाडौं । मेटगाला २०२४ फेसनको इभेन्ट मात्र बनेन । यसले राजनीतिक रङ पनि पोत्यो । नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्युयोर्कमा विश्व फेसनको महाकुम्भ चलिरहँदा यसलाई बिथोल्न खोज्ने प्रयास पनि भयो ।

गाजामा इजरायली हमलाको विरोध गर्दै प्यालेस्टाइन समर्थकले मेटगाला समारोहस्थल बाहिर प्रदर्शन गरेका थिए । १०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । न्युयोर्क सेन्ट्रल पार्कनिर प्रदर्शनकारीले ‘गाजामा बम आक्रमण हुँदा मेटगाला चाहिंदैन’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

‘गाजा, गाजा’ नारा लगाउँदै प्रदर्शनकारीले प्यालेस्टाइनको झण्डा पनि फहराएका थिए । पछिल्ला महिनामा अमेरिकी विश्वविद्यालय र क्याम्पसमा गाजामा आक्रमण रोक्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । यो पृष्ठभूमिमा फेसन इभेन्टमा पनि यो प्रदर्शन भएको हो ।

मेटगाला बाहिर अमेरिकी झण्डा जलाउँदै प्रदर्शनकारीले विश्वयुद्ध स्मारक पनि तोडफोड गरेको समाचारमा जनाइएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन न्युयोर्क प्रहरीले बल प्रयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?