+
+

लघुकथा- गणतन्त्र

बालकृष्ण गजुरेल बालकृष्ण गजुरेल
२०८१ जेठ १५ गते ९:१२

सहरमा ठूलो कार्यक्रम थियो । विराजमान वक्ता थिए । उनी चिच्याए, ‘तपाईंकै स्वतन्त्रताका लागि हामीले क्रान्ति गरेका हौँ ।’

अर्को शब्द बोल्नु पूर्व उनी ढले । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगियो । डाक्टरले सबै चेक जाँझ गरे । उनका भिन्न-भिन्न अंगहरुले भिन्न-भिन्न कार्य सम्पादन गरिरहेका थिए ।

स्नायू प्रणाली फेल भएको थियो । अंग-प्रत्यंगका कोषहरु मरिरहेका थिए । धेरै वर्षदेखि औषधि सेवनको कारणले शरीरमा रोग प्रतिरोधात्मक क्षमता अत्यन्त न्यून भएको थियो ।

विदेशी भिटामिन र मिनरलले बचाएको मात्र थियो । उनको शरीरमा ठ्याम्मै तागत थिएन ।

उनको श्रीमतीले सल्लाह मागिन्, ‘डा. साब उहाँ ठिक हुनुहुन्छ नि ?’

डाक्टरले भने, ‘ठ्याक्कै ! नेपालकै गणतन्त्रजस्तो भएको छ । क्रान्ति जहिल्यै ज्ञान तथा ध्यानबाट आउँथ्यो। कसैले बुझेनन् । बिदेशी व्यवस्थापनमा हेड अफ द नेसन फ्याँकियो । अहिले शरीरले पूर्णविराम खोजिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?