+
+

१० वर्षमा ३० खर्बको सूचना प्रविधिको निर्यात गरिने, १५ लाखलाई रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:२३

१५ जेठ, काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधि हबका रुपमा विकास गर्ने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य समेत सरकारले तय गरेको छ ।

मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ५ लाख जनालाई प्रत्यक्ष र १० लाख जनशक्तिलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य तोकिएको छ ।

आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रुपमा अघि बढाउने र र सूचना प्रपविधि क्षेत्रलाई अर्थतन्त्रको संवाहक क्षेत्रका रुपमा विकास गर्ने उल्लेख छ ।

कृत्रिम बौद्धिकताको विकास र नियमन गर्ने र डिजिटल नेपालको फ्रेमवर्कमा परिमार्जन गरेर कार्यान्वउयन गर्न संस्थागत व्यवस्था गर्ने पनि बजेटमा उल्लेख छ । यसका लागि ५९ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिएका छन् ।

उनले काठमाडौं र बुटवलमा सूचना प्रविधि पार्क सञ्चालन गर्ने र ३ वर्षका लागि त्यस्ता पार्कमा वर्क स्टेसन निःशुल्क उपलब्ध गराउने घोषणा भएको छ । यस्तो पार्कका लागि सार्वजिक निजी साझेदारीमा काठमाडौंको डिल्लीबजारको चारखालमा बहुतले भवन बनाउने पनि घोषणा भएको छ । ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माणकाका लागि १७ करोड पनि विनियोजन भएको छ ।

सरकारी डेटा सेन्टरको स्तरीकरण गर्ने र सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर गर्नेलाई इन्टर्नको व्यवस्था गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?