News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो।
- चाँदीको मूल्य पनि तोलामा २५५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा झरेको छ।
२६ भदौ, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4