News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो तीन दिनमा सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेर मंगलबार ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ।
- मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- गत शुक्रबारको तुलनामा चाँदीको भाउ तीन दिनमा २०० रुपैयाँ घटेको छ।
१६ भदौ, काठमाडौं । पछिल्लो तीन दिनमै सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ कमी हो ।
त्यस्तै गत शुक्रबारको तुलनामा १२ हजार ४ सय रुपैयाँ कमी हो । यो साता लगातार सुनको भाउ घटेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज १५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ७६५ रुपैयाँ छ । तीन दिनमा चाँदीको भाउ २०० रुपैयाँ घटेको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4