+
+
Shares

एकैदिन ८ हजार ८ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ।
  • चार दिनमा सुनको मूल्य तोलामा २१ हजार २ सय रुपैयाँ घटेको छ र यो साता लगातार घटिरहेको छ।
  • बुधबार चाँदीको भाउ प्रतितोला १८५ रुपैयाँ घटेर ४ हजार ५८० रुपैयाँ पुगेको छ।

१७ भदौ, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ६ हजार १ सय रुपैयाँ थियो ।

चार दिनमै सुनको मूल्य तोलामा २१ हजार २ सय रुपैयाँ घटेको छ । यो साता लगातार सुनको भाउ घटेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य आज १८५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ५८० रुपैयाँ छ । तीन दिनमा चाँदीको भाउ ३८५ रुपैयाँ घटेको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?