+
+

दाङको बबई गाउँपालिकामा कांग्रेसको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १४:४४

२ जेठ, घोराही । नेकपा एमालेको बलियो पकड मानिएको दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

बबईमा ७ मध्ये पाँच वडाको मतगणना भइसक्दा कांग्रेसका अध्यक्षका उम्मेदवार कुलबहादुर केसीले ४१५ मतको अग्रता लिएका छन् ।

खसेको १५ हजार मतमध्ये १० हजार गणना हुँदा कांग्रेस उम्मेदवार केसीले ४ हजार ३७७ र एमालेका भुवनेश्वर पौडेलले ३ हजार ९६२ मत प्राप्त गरेका छन् । माओवादीका केन्द्रका भिमबहादुर वलीले १ हजार ७५६ मत पाएका छन् ।

बबईमा कांग्रेसले सुरुदेखि नै अग्रता लिंदै आएको छ । एमालेका पौडेल अघिल्लो पटक अध्यक्षमा निर्वाचित भएर पुनः उम्मेदवार बनेका हुन् ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकी बमकुमारी खड्का अघि छिन् । उनले ४ हजार १२० मत प्राप्त गरेकी छन् । एमालेकी सावित्री विश्वकर्माले ३ हजार ८५३ मत प्राप्त गरेकी छन् । कांग्रेसकी खड्का २ सय ६७ मतले एमालेकी विश्वकर्मा भन्दा अगाडि छिन् । माओवादीकी अञ्जु घर्तीले १ हजार ९७७ मत ल्याएकी छन् ।

०७४ मा अध्यक्षमा निर्वाचित भएका पौडेल र उपाध्यक्ष पदमा निर्वाचित विश्वकर्मा पुनः प्रतिस्पर्धामा उत्रिएर आफ्नो विरासत जोगाउने दाउमा छन् । तर यसपटक एमालेलाई पार्टी फुटको असर देखिएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार डिलबहादुर पुनमगरले उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका छन् । उनले १२६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?