+
+

हिलिहाङ गाउँपालिकाको अध्‍यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १९:१७

२ जेठ, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेदवार बनेका अधिकारीले प्रतिस्पर्धीले नेकपा एमालेका भवनीप्रसाद लिङ्देनलाई २२८ मतले हराउदै निर्वाचित भएका हुन् । अधिकारीले ४४२२ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १९४ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भवनीप्रसाद लिङ्देनलाई ४ मतले हराउँदै एमालेकी सुमित्रा सेढाइ निर्वाचित भएकी छिन् । सुमित्रा सेढाई निवर्तमान उपाध्यक्षसमेत हुन् ।

सेढाइले ४ हजार ४ मत ल्याउँदा लिङ्देनले ४ हजार हजार मत ल्याए । हिलिहाङ एमालेको गढको रुपमा चिनिन्छ । २०७४ सालको स्थानीय चुनावमा एमालले हिलिहाङमा क्लिन स्वीप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?