+
+

अछामको तुर्माखाँदको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १०:१९

३ जेठ, अछाम । अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी निर्वाचित भएका छन् । उनले ३ हजार ५२३ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित भएकी छन् । उनले ३ हजार ५०१ मत पाएकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी राप्रपाकी धर्माकुमारी बुढाले ३८ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?