+
+

अग्निसाइर कृष्णासवरनको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १४:२७

३ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन् ।

दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत ल्याए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा चौधरी निर्वाचित भएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी चौधरी ४ हजार २ सय १६ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी शैलेन्द्रीकुमारी लेखीले ३ हजार ४ सय ५९ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?