+
+

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुन: एमालेका सीपी घर्ती विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:३२

३ जेठ, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुन: एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन् ।

घर्तीले ४८४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याए । एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो ।

उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैशी निर्वाचित भएकी छन् । उनले ५९८५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याइन् ।

नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?