+
+

बाजुराको त्रिवेणीको मेयर र उपमेयरमा कांग्रेस विजयी 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १०:४१

४ जेठ, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका कर्णबहादुर थापा र उपमेयरमा कमला जैशी(न्यौपाने) निर्वाचित भएका हुन् ।

थापाले ४ हजार ७६१ मत ल्याउँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका एमालेका मोतिसिंह बुढाले ३ हजार ५८६ मत ल्याए ।

उपमेयरमा निर्वाचित कमलाले ४ हजार ७४३ मत प्राप्त गर्दा बाम गठबन्धनका माओवादीका मनराज बुढाले ३ हजार ९४ मत प्रात गरे ।

त्रिवेणीमा नेपाली कांग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?