+
+

भारतका प्रधानन्यायाधीश नेपाल भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १८:०७

२१ वैशाख, काठमाडौं । भारतीय प्रधानन्यायाधीश डा. डीवाई चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा आएको चन्द्रचूड शुक्रबार अपराह्न ४ बजे काठमाडौं आइपुगेका हुन् ।

उनले केन्द्रीय बाल न्याय समन्वय समितिले शनिबार आयोजना गर्ने कार्यक्रमलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।

भोलि साँझ नै दुई देशका प्रधानन्यायाधीशबीच भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानन्यायाधीश श्रेष्ठले चन्द्रचूडको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमण दलमा प्रधानन्यायाधीश चन्द्रचूडका साथै उनकी श्रीमती कल्पना दास, भारतीय सर्वोच्च अदालतका न्यायाधीश राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा छन् ।

चन्द्रचूडको भ्रमण दल २३ वैशाख साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?