+
+

राजविराजको मेयर र उपमेयरमा जसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ११:१७

६ जेठ, राजविराज ।  सप्तरीको राजविराज नगरपालिकाको मेयर र उपमेयर दुवै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । मेयरमा जसपाका भिमराज यादव ९ हजार ६२४ मत ल्याएर निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ८ सय ७ मत प्राप्त गरे ।

२०७४ सालमा भएको निर्वाचनमा शम्भु निर्वाचित भएका थिए भने भिमराज पराजित भएका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट १५ मत अन्तरले शम्भु जित्दा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका भिमराजले हार बेहोर्नु परेको थियो ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिलेर जसपा बनेको थियो । तर, पछि पूर्व राजपाका नेताहरु लोसपा बनाएपछि शम्भु जसपामै बसेका थिए ।

पार्टीले टिकट नदिएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरी चुनाव लडे । जसपाले भने भिमराजलाई नै टिकट दिएर उम्मेदवार बनाए ।

उपमेयरमा जसपाकै इसरत प्रवीण निर्वाचित भएकी छन् । ७ हजार २६४ मत ल्याएर उनी निर्वाचित हुँदा नेपाली कांग्रेसकी सुशिला यादवले ४ हजार ४२७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?