+
+

रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १४:५९

६ जेठ, चितवन । चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका प्रलाद सापकोटा र उपमेयरमा एमालेका यादवप्रसाद पाठक निर्वाचित भएका हुन् ।

गठबन्धनबाट मेयरमा निर्वाचित सापकोटाले एमालेका बिमला दुवाडीलाई पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६ मत ल्याउँदा दुवाडीले १२ हजार ७२८ मत पाइन् ।

उपमेयरमा निर्वाचित एमालेका पाठकले १२ हजार ७२८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत पाए ।

यसअघि रत्ननगर नगरपालिकाको मेयर एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?