+
+

जनप्रतिनिधि शासक भन्दा सेवक बन्नुपर्छ : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १२:५२

९ जेठ, दमौली । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि जनताको शासक भन्दा सेवक हुनु पर्ने बताएका छन् । तनहुँको दमौलीमा आज आयोजित नेपाली कांग्रेसको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताए ।

उनले भने, ‘हामीले जनतालाई गाउँमै बस्ने बनाउन राजनीति गरेका हौं । त्यो अभियानमा हामी सबै लाग्नुपर्छ ।’ बरिष्ठ नेता पौडेलले गठबन्धनकै कारण कांग्रेसले धेरै सिट हासिल गरेको दाबी गर्दै गठबन्धन आगामी निर्वाचनमा समेत जारी रहने बताए ।

उनले प्रदेशदेखि संघीय चुनावमा समेत निरन्तरता दिने समेत बताए । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराई लगायतको सहभागिता रहेको थियो । वरिष्ठ नेता पौडेलकै गृहनगर समेत रहेको व्यासमा प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेका छन् ।

व्यासको मेयरमा कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन् । उनले १२ हजार ४९८ मत पाइन् । प्रतिस्पर्धी नेकपा एमालेका बसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?