+
+

सन्दीप लामिछानेसहितका ६ क्रिकेटरलाई ज्यापको प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १६:५८

११ जेठ,  काठमाडौं । ६ जना राष्ट्रिय खेलाडीलाई ज्याप नेपालले क्रिकेट किट प्रयोजन गरेको छ ।

सन्दीप लामिछाने, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, भीम सार्की र आदिल आलमलाई ज्याप नेपालले ब्याट र क्रिकेट कीट प्रायोजन गरेको हो । यो प्रयोजन एक वर्षसम्मका लागि रहने छ ।

ज्याप नेपालका भव्य भारद्वाजले खेलाडीहरुलाई ब्याट र क्रिकेट किट प्रदान गर्दै अन्य खेलाडीलाई पनि यस्तो सहयोग गर्ने बताएका छन्।

महिला क्रिकेटरलाई पनि सहयोग गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । पूर्व क्रिकेटर तथा ज्याप नेपालका प्रतिनिध लाक्पा लामाले क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।

खेलाडीहरुले ज्यापका ब्याटसहितका क्रिकेट किट राम्रो रहेको भन्दै पछि पनि ज्यापसँग सहकार्य गर्न तयार रहेको बताए । ज्याप क्रिकेट किट बजारीकरण गर्ने भारतीय कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?