+
+

च्याम्पियन्प लिग फाइनल : लिभरपुलका लागि खास हुनसक्छ यो सिजन

यस्तो छ हेड टू हेड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते ६:५९
Photo Credit : uefa.com

१४ जेठ, काठमाडौं । शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिडसँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपमा छ ।

प्रिमियर लिगमा उपाधी जित्न चुकेको लिभरपुल सिजनको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा रियललाई हराएर अलग्गै तरिकाले सिजनको अन्त्य गर्न चाहन्छ ।

प्रिमियर लिगमा वर्षकै उत्कृष्ट प्रशिक्षकको उपाधि पाएका जर्गेन क्लोपले यस खेलमा आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछन् । उनले यस सिजनको १० महिनामा लिभरपुलको पहिचानलाई परिवर्तन गरेका छन् ।

उनको लागि शनिबार राति हुने खेल कतिको महत्वपूर्ण हुनेछ र कुन तरिकाको खेल प्रदर्शन गर्नेछन् भन्ने कुरा उनले गत १० महिनामा गरेको कामबाट प्रतिविम्वित हुन्छ ।

लिभरपुलका लागि धेरै कुराहरु एकैपटक भए । अगष्टमा सिजन सुरु हुँदाको समयमा फर्किने हो भने यो क्लबले एउटा पनि उपाधि जित्नेमा शंका गर्नेहरु धेरै थिए । अहिले दुई उपाधि जितिसकेको छ, प्रिमियर लिगमा एक अंकले चुकेको लिभरपुल चार वर्षमा दोस्रोपल्ट च्याम्पियन्स लिग उपाधि नजिक छ ।

लिभरपुलको जित सिलसिला

हुन त हरेक ठूला क्लबले एक न एक पटक आलोचना र हारको सिलसिलाको नमिठो स्वाद चाखेकै हुन्छन् । लिभरपुलले पनि अघिल्लो १२ महिना अगाडिसम्म इन्जुरी र लगातार हारको सिलसिला भोगेको थियो । प्रमुख खेलाडीहरुको चोट कम पीडादायी थिएन ।

अहिले हेर्दा एकै सिजनमा तीन उपाधिको दुर्लभ सफलताको अवसर उसलाई छ । यस्तो सफलता अहिलेसम्म कुनै पनि इंग्लिस क्लबले पाएका छैनन् ।

अहिलेको च्याम्पियन्स लिगको फाइनलको बारेमा सोच्ने हो भने पनि जुन तरिकाले लिभरपुलको खेलको गुणस्तर सुधार भइरहेको छ, यसरी हेर्दा जित्ने आशा गर्न सकिन्छ ।

उनीहरुले अघिल्लो सिजन शीर्ष चारमासमेत स्थान बनाउन सकेका थिएनन् । अहिलेको सिजनमा सबै खेलाडीले राम्रो गरिरहेका छन्, ती मध्ये ब्राजिली गोलरक्षकले निकै नै उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको पछिल्लो १० खेलमा लिभरपुलले ८ खेल जितेको छ भने २ खेल बराबरीमा अन्त्य गरेको छ ।

भिर्जिल भान डाइकको पुनरागमन

गएको अगष्टमा लिभरपुलका सेन्टर ब्याक भिर्जिल भान डाइक आठ महिना लामो घुँडाको चोटबाट सञ्चो भएर टिममा फर्किए । उनले टिममा फर्किएपछि रक्षापंक्तिमा क्लोपको टाउको दुखाई हटेको छ ।
सबैले क्लोपको खेलाउने तरिकाको तारिफ गरिरहेका बेला भान डाइकले पनि उनको हिस्साको तारिफको हकदार छन् ।

क्लोपले युवा खेलाडीलाई मौका दिएर खेलाइरहेका बेला ३० वर्षीय डाइकले उत्कृष्ट प्रदर्शन गरे ।

लिभरपुलको पछिल्लो सफलतामा क्लोप र उनका प्रशिक्षण टिमलाई प्रशंशा गर्दै गर्दा डाइक पनि त्यसको मुख्य हकदार हुन् । उनले युरो–२०२० त्यागेर लिभरपुलका लागि तयार हुने निर्णय यसै लिएका होइनन् ।

टिमको सामुहिक प्रयास– सबै खेलाडी हरपल तयार

कुन खेलाडीलाई कतिबेला मैदानमा उत्रार्ने भन्नेमा प्रशिक्षक क्लोपको निर्णय क्षमताले नै हाल लिभरपुलले एकै सिजन यति धेरै सफलता हात पारेको हो । पछिल्लो सिजन उनले लिएको निर्णयमा भने समर्थकले नै आलोचना गर्न थालेका थिए ।

अझै पनि थियागो आल्कान्तारा उत्कृष्ट खेल देखिएको छैन । जर्जिनो वेज्नाल्डम पिएसजीमा गएपछि लिभरपुलको मिडफिल्डमा समस्या थियो । त्यसको कारण थियो जर्जिनोको फिटनेस । उनी जुन खेलका लागि पनि तयार रहन्थे । उनी पीएसजी गए पनि लिभरपुलको टिमलाई भने खासै फरक परेन ।

सलह र माने नभएको खण्डमा पनि फेब्रुवरीमा उनीहरुले ६ वटै खेल जितेका थिए । यसको मतलब लिभरपुलमा रहेका हरेक खेलाडी टिमका लागि खेल्न तयार रहने क्षमता हो । यी दुई खेलाडी पुन ड्रेसिङ रुममा फर्केपछि टिमका अन्य खेलाडीलाई हामी अझ बलियो भयो ।

बलियो, आक्रमक र बहादुर

लुइस डियाजलाई लिभरपुलमा ल्याउनु क्लोपको एक महत्वपूर्ण निर्णय हो । उनले लिभरपुलको आक्रमक खेल शैलीमा फरकपन भित्र्याए ।

केही वर्ष अगाडीको कुरा हो, लिभरपुलले प्रतिस्पर्धीलाई आफ्नो प्रभुत्वमा राख्थ्यो तर अहिले लिभरपुलको जित्ने शैली निकै फरक छ ।

अहिले उनीहरुको खेल्ने तरिका निकै खुला छ, निकै स्तरीय फुटबल खेल्छन् । उनीहरुलाई आवश्यक परेको खण्डमा रक्षात्मक र आक्रामक दुवै खेल्न सक्ने टिम बनेको छ । मैदानमा विपक्षीलाई नियन्त्रणमा राखेर खेल्ने लिभरपुलको शैली अद्भूत छ ।

अर्को भनेको गोलरक्षक एलिसनको क्षमता हो । उनको गोलरक्षण क्षमताले टिम धेरैपल्ट हारबाट जोगिएको छ । विपक्षीलाई कब्जामा राख्दै आफ्नो खेल देखाउनु निकै बहादुरीको काम हो । लिभरपुलले यहि काम निकै सहजताका साथ गरिरहेको देखिन्छ ।

लिभपुलसँग खेल्न बलिया बलिया टिमलाई हम्मेहम्मे पर्ने गरेको छ । लिभरपुलसँग धैर्य हुने र संयमितताका साथ खेल्ने शक्ति छ । उनीहरु आफ्नो लक्ष्यप्राप्तिको लागि निकै कडा मिहिनेत गर्छन ।
लिभरपुलका प्रशंसक पनि उहि किसिमका छन् । लिभरपुलले प्रिमियर लिगमा सिटीलाई दिएको चुनौती पश्चात र खेलमा अहिले आएको परिवर्तनका कारण यदि लिभरपुलले शनिबार राती रियललाई हराएमा कोहीलाई अचम्म लाग्ने छैन ।

रियल मडिङ र लिभरपुल च्याम्पियन्स लिगमा हालसम्म आठ पटक भेटेकामा ४ पटक रियलले जित हात पारेको छ भने ३ पटक लिभरपुलले जितेको छ । २०२०÷२१ मा भएको क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरी भएको थियो ।

१९८०/८१ फाइनल
लिभरपुल १–० रियल मड्रिड

२००८/०९ राउण्ड १६को पहिलो लेग
लिभरपुल १–० रियल मड्रिड

२००८/०९ राउण्ड १६को दोस्रो लेग
लिभरपुल ४–० रियल मड्रिड

२०१४/१५ समुह बी
लिभरपुल ०–३ रियल मड्रिड

२०१४/२०१५ समुह बी
लिभरपुल ०–१ रियल मड्रिड

२०१७/१८ फाइनल
लिभरपुल १–३ रियल मड्रिड

२ं०२०/२१– क्वाटरफाइनल पहिलो लेग
लिभरपुल १–३ रियल मड्रिड

२०२०/२१ क्वाटरफाइनल दोस्रो लेग
लिभरपुल ०–० रियल मड्रिड

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?