+
+

‘पाठशाला घर’मा मदनकृष्ण नाट्यशाला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १९:३९

१७ जेठ काठमाडौँ । काठमाडौंको बानेश्वर अवस्थित पाठशाला नेपाल फाउन्डेसनले आफ्नो नवनिर्मित भवन ‘पाठशाला घर’ मा मदनकृष्ण नाट्यशाला स्थापना गरेको छ । कलाकार मदनकृष्ण श्रेष्ठले हालै सो नाट्यशालको उद्घाटन गरेका हुन ।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा र द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले संयुक्त रुपमा शिलालेख अनावरण गरेर पाठशाला घरको र कलाकार श्रेष्ठले नाट्यशालको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपकुलपति शर्माले नेपालमा अन्तर्राष्ट्रिय स्तरका विद्यालय निर्माण हुँदै गएकाले शिक्षाका लागि बाहिर जाने क्रम रोकिँदै जाने आशा व्यक्त गरे । शमाले मुलुकका दुर्गम क्षेत्रका बालबालिकाका लागि पनि यहि स्तरको शिक्षा पु¥याउन सक्नु पर्ने विचार व्यक्त गरे ।

कलाकार मदनकृष्ण श्रेष्ठले पाठशाला विद्यार्थीको उचित गन्तव्य बन्ने आशा व्यक्त गर्दै पाठशाला नेपालले नाट्यशाला निमार्ण गरेर अर्को महत्वपूण काम गरेको बताए ।

कवि अर्जुन पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, गायक आनन्द कार्की, कलाकार मनोज गजुरेललगायतले विद्यालयलाई सफलताको शुभकामना दिए ।

गुणस्तरीय र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने र योग्य नागरिक उत्पादन गर्न राम्रो भौतिक संरचना आवश्यक भएको प्रबन्ध निर्देशक टङ्कराज आचार्यले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?