+
+

बञ्चरेडाँडामा बालेन (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ जेठ २० गते १८:१४

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।

उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए । हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन गर्न सुरु भएको थियो । तर स्थानीय वासिन्दाले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन् ।

त्यसअघि फोहोर बिसर्जन हुँदै आएको सिसडोल क्षेत्रमा भने अत्यधिक फोहोर फालेका कारण थप फोहोर फाल्न मिल्ने अवस्था पनि छैन । कतिपय ट्रकले सडककै छेउमा फोहोर फालिदिएका कारण स्थानीय वासिन्दा रिसाएका छन् ।

स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्‍यो भनेर माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए । मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीय वासिन्दाको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुले राखेका थिए ।

त्यस क्रममा स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।

उनले सड्ने र नसड्ने फोहोर छुट्याएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताए । ‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्‍यो नि त,’ मेयर साहले भने ।

काठमाडौंमा करिब १५ दिनदेखि फोहोर उठ्न सकेको छैन । फोहोर फाल्ने ठाउँको टुंगो नहुँदा महानगरबासीले फोहोर घरभित्रै राखिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

 

ललितपुरको कुपन्डोल क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर ।
नुवाकोटको सिसडोलमा सडक छेउमै फालिएको फोहोर ।
सिसडोलमा ल्याडफिलसाइट अवलोकन गर्दै उपमेयर सुनिता डंगोलसहितको टोली ।
काठमाडौंको टेकुमा थुपारिएको फोहोर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?