+
+

बक्स अफिसमा असफल फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउँदै शोभित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १२:१७
निर्देशक शोभित बस्नेत । फाइल तस्वीर

काठमाडौं । निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने भएका छन् । यद्यपि सलोन बस्नेत र रुविना थापा अभिनित फिल्म ‘डाँडाको वरपीपल’ भने बक्स अफिसमा असफल ठहरिएको थियो ।

सिनेमा हलमा कमजोर देखिएको भए पनि युट्युबमा सकारात्मक प्रतिक्रियासहित उल्लेख्य भ्युज आएकाले यो फिल्मको दोस्रो श्रृंखला बनाउन लागेको शोभितले अनलाइखबरलाई बताए ।

‘डाँडाको वरपीपल रिलिजका बेला विभिन्न विवाद र परिस्थितिले धेरै दर्शकमाझ पुग्न सकेका थिएनौं । पहिलो शृंखलामा पनि हामीले दोस्रो पार्टका लागि ठाउँ छाडेको थियौं, त्यसैको निरन्तरता पनि हो,’ शोभितले भने ।

फिल्मको निर्माण सलोन फिल्म्सले गर्ने भए पनि बुढासुब्बा मुभिजसँग पनि सहकार्य हुन सक्ने उनले बताए । फिल्ममा सलोन र रुविनाका साथै सरोज खनाल, गौरी मल्ल लगायतको अभिनय रहने, तर टुंगो भने लागिसकेको छैन ।

सिनेमा हलमा असफल भए पनि ‘डाँडाको वरपीपल’लाई युट्युबमा भने रुचाइएको देखिएको छ । युट्युबमा रिलिज भएको १८ घण्टामा नेपाल ट्रेण्डिङमा एक नम्बरमा उक्लिंदै फिल्मले १६ लाख बढी भ्युज पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?