+
+

भाटभटेनी सुपरमार्केट धनगढीमा पनि सञ्चालन

सवा २ अर्बको लगानी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १५:२०

२७ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र धनगढीमा भाटभटेनीले सुपरमार्केट सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा शुक्रबारदेखि २३ औं शाखाका रुपमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याइएको हो ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक कार्यक्रमका बीच सुपरमार्केटको उद्घाटन गरेका छन् ।

सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले करिब सवा २ अर्ब रुपैयाँको लगानीमा नयाँ शाखा स्थापना गरिएको बताए ।

उनकाअनुसार उक्त सुपरमार्केटभित्र सिनेमा हल, खाद्यान्न, कपडा, भाँडाबर्तन, खेलकुद लगायतका सामग्री पाइनेछन् । यहाँ कम्तीमा पनि दुई सय २५ जना स्थानीयले रोजगारी पाउने गुरुङले बताए ।

सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने कृषिजन्य वस्तु तथा जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुगाउन पनि सहयोग गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?