+
+

काठमाडौं–जनकपुर रुटमा श्री एयरलाइन्सले पुनः सुरु गर्‍यो उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १४:५९

१ असार, काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं–जनकपुर रुटमा पुनः उडान सुरु गरेको छ । कम्पनीका अनुसार बुधबारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको हो ।

काठमाडौंबाट १२ः३५ मा उड्ने जहाज जनकपुरबाट १ः३० मा काठमाडौं प्रस्थान गर्ने भएको छ । यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ ।

जनकपुरमा श्रीले कोभिड-१९ महामारी अगाडि नियमित उडान थालेको थियो । तर, त्यसपछि भने उडान स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?