+
+

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १६:५४
पोखरा विमानस्थलमा यात्रु ।

२३ चैत, पोखरा । धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको २२२ जहाज पोखरा अवतरण भएको छ । बिहान १० बजे धनगढीबाट उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

धनगढीबाट बिहान ९ः१५ बजे उड्ने भनिएको जहाज १० बजे उडेको थियो । सामान्य प्राविधिक समस्या देखिएकाले पोखरा डाइभर्ट गर्नुपरेको जानकारी गराइएको यात्रु खडकबहादुर विष्टले जानकारी दिए ।

श्री एयरलाइन्सको पोखरा इन्चार्ज नवदीप केसीका अनुसार इन्डिकेटरमा समस्या देखिएका कारण काठमाडौं उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको हो ।
इन्जिनियरद्वारा प्राविधिक चेकजाँच भइसकेको र काठमाडौं उडान भर्न धनगढीबाट आएका यात्रुले नमानेको एयरलाइन्सले जनाएको छ । यात्रुहरू अहिले पोखरा विमानस्थलमै छन् । पोखरामा कतिबेला अर्को जहाज आउँछ भन्ने जानकारीसमेत नगराइएको यात्रुको गुनासो छ ।

एयरलाइन्सका पोखरा इन्चार्ज केसीले प्राविधिक जाँच गरी सोही जहाजमा यात्रु काठमाडौं उड्न नमानेको र पोखराका यात्रु लिएर काठमाडौं उडिसकेको जानकारी दिए । पोखराका यात्रुलाई लिन काठमाडौंबाट श्री एयरलाइन्सकै अर्को जहाज आउँदै गरेको उनले बताए ।

एक साताअघि पनि धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपतकालीन अवतरण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?