+
+

मन्त्री हेरफेरमा ढिलाइ भएकामा माधव नेपालको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १६:१४

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न ढिला भइरहेकामा असन्तुष्टि जनाएका छन् ।

आफूहरुले पहिले सरकारमा सहभागी हुँदैमा ६ महिनामा मन्त्री हेरफेर गर्ने निर्णय गरेको भन्दै अध्यक्ष नेपालले अहिले ८ महिनामा मन्त्री हेरफेर गर्न लाग्दा प्रधानमन्त्री र गठबन्धनका अरु दलले समय मागेको बताए ।

‘(सरकारमा नयाँ मन्त्री) पठाउने सन्दर्भमा ढिला ढाला भइरहेको छ । प्रधानमन्त्री र माओवादीका साथीले हामीभित्र पनि यस्ता माग भएकाले एक दुई दिन पर्खिनुस् भन्नुभएको थियो । छिट्टै हुन्छ भन्ने जवाफ दिनुभएको छ’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरुले बाध्यतामा मन्त्री परिवर्तन गर्न लागेको बताए । यद्यपि के बाध्यता हो भन्ने उनले खुलाएनन् ।

‘६ महिनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएका हौं, कतिपय मन्त्रीले स्वीकार गर्नुभयो । प्रष्ट भन्ने मन्त्रीलाई विशेष धन्यवाद’ नेपालले भने, ‘६ महिना भन्दा पहिले नै मन्त्री परिवर्तन गर्ने चर्चा चलेकै हो । ६ महिना काम गर्न दिनुस् भन्यौं, अहिले ८ महिनामा परिवर्तन गर्न लागेका हौं ।’

नेकपा एकीकृत समाजवादीले हाल मन्त्री रहेका आफ्ना पार्टीका नेताहरुलाई फिर्ता बोलाएर अरु नेताहरुलाई सरकारमा पठाउन चाहेकाे छ । त्यसका लागि प्रधानमन्त्रीलाई मन्त्री हुने नेताहरुको नामसमेत दिइसकेको छ । तर हालसम्म मन्त्री हेरफेर नभएको भन्दै नेता नेपालले असन्तुष्टी जनाएका हुन् ।

मन्त्रीहरुले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि हेरफेर गर्ने समझदारी भएको नेताहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?