+
+

महँगी नियन्त्रण गर्न सरकारले देशव्यापी बजार अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १६:१८

१५ असार, काठमाडौं । सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ ।

संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनकाे मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाकाे मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए ।

देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत ताेक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?