+
+

पोग्बा र डी मारिया भित्र्याएर बलियो टिम बनाउने युभेन्टसको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १४:३५

२० असार, काठमाडौं । इटालियन सिरी एको च्याम्पियन बन्ने लक्ष्यसहित युभेन्ट्सले टिम पुनर्निर्माण गरिरहेको छ ।

युभेन्टस अहिले दुई ठूला नाम भित्र्याउने तयारीमा छ । यी दुई खेलाडीले क्लबलाई फेरि उत्कृष्ट बनाउन सक्छन् । तीन हुन् पउल पोग्बा र एन्जल डी मारिया ।

टुरिनमा पाउल पोग्बा र एन्जेल डि मारियाको आगमन नजिकै रहेको देखिन्छ । स्थानान्तरण बजार विशेषज्ञ फाब्रिजियो रोमानोले यो प्रक्रिया धेरै नजिक पुगेको महसुस गरेका बताएका छन् । ‘युभेन्टसले पउल पोग्बा र एन्जेल डि मारियाको सम्झौता अर्को हप्ता पूरा हुने छ,’ उनले भने ।

प्रशिक्षक मासिमिलानो अलेग्रीले दुई शीर्ष अनुबन्धलाई फ्रि ट्रान्सफरको रुपमा चाहेका छन् । ‘पोग्बाको विषयमा सबै प्रक्रिया भइसकेको छ र डि मारियाका लागि सम्झौताको समीक्षा गर्न बाँकी छ । त्यसपछि युभेन्ट्सले नयाँ खेलाडीको रुपमा यी दुईलाई घोषणा गर्नेछ’, उनले ट्वीटरमा लेखेका छन् ।

इटालियन सञ्चार माध्यम ला गजेटा डेलो स्पोर्टसका अनुसार दुबै खेलाडीहरू ट्रान्सफर शुल्कबिना नै युभेन्ट्स आउनेछन् ।

म्यानचेस्टर युनाइटेडका पोग्बा र पीएसजीका डि मारिया ३० जुनदेखि सम्झौताबाट बाहिर छन् र उनीहरु फ्री एजेन्टका रुपमा छन् ।

गत सिजन केही नजितेको युभेन्ट्सले फेरि उत्कृष्ट क्लब बन्न चाहेको छ । केही दिनअघि इकर क्यासियासले पनि पोग्बा र डि मारियाको आगमनले टोलीको स्तरमा फरक पार्ने बताएका थिए । डि मारिया सँगै चिएसा, भ्लाहोभिच र पोग्बासहितको टिम उत्कृष्ट हुने क्यासियासले गजेट्टा डेलो स्पोर्ट्ससँगको अन्तर्वार्तामा भनेका छन् ।

रियल मड्रिडका पूर्व गोलकिपर क्यासियासले अर्जेन्टाइन डि मारियालाई राम्रोसँग बुझेका छन् । यी दुईले रियलमा सँगै खेलेका थिए । त्यसैले डि मारियाले युभेन्ट्समा के गर्न सक्छन् भन्ने बारे उनी जानकार छन् ।

‘उनी एकदमै सतर्क व्यक्ति हुन् जसले सधैं आफ्नो शारीरिक रूपमा धेरै हेरचाह गरेका छन् । उसलाई कहिल्यै कुनै गम्भीर चोट लागेको छैन । मलाई लाग्छ उनी सही आकारमा छन्,’ क्यासिलासले भने । आगामी नोभेम्बरमा विश्वकप रहेकोले पनि डि मारिया त्यसका लागि नियमित खेलेर आफूलाई तयार पार्न चाहने र युभेन्ट्समा उनले नयाँ फड्को मार्ने क्यासियासको विश्वास छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?