+
+

पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएपछि १९७४ एडीविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १९:१६

२८ असार, काठमाडौं । पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगीतिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडकातर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेका हुन् ।

लण्डनमा डेढदेखि २ घन्टासम्मको सांगीतिक कार्यक्रम आयोजना गर्नका लागि कलाकारको व्यवस्थासहितको प्रदर्शन १९७४ एडीले गर्ने र एचएबीअ मुभेन्ट लिमिटेड आयोजक बन्ने गरी गत चैतमा सहमति भएको थियो ।

सहमति अनुसार १९७४ एडीले पाउने १५ लाख रुपैयाँको पारिश्रमिकको १० प्रतिशत रकम समेत भुक्तानी भइसकेको थियो । तर १९७४ एडीले कार्यक्रम गर्नका लागि कुनै चासो नदिएको र आफूहरुले ताकेता गर्दा १० असारका दिन कार्यक्रम गर्न आउँदैनौं र पैसा पनि फिर्ता गर्दैनौं भनेको गुरुङले दायर गरेको फिरादपत्रमा उल्लेख छ ।

फिरादपत्रमा गुरुङले आफूले दिएको अग्रिम भुक्तानी डेढ लाख र कार्यक्रम गर्न आएको कारण भएको क्षति डेढ लाख गरी ३ लाख रुपैयाँ माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?