+
+

नेतालाई कटाक्ष गर्दै जोगिन्दरले ल्याए गाईजात्रे कमेडी ‘गठबन्धन’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १८:२०

काठमाडौं । ‘गाईजात्रा’लाई हास्यव्यंग्य पर्वको रुपमा पनि लिइन्छ । यसलाई लक्षित गर्दै हास्यव्यंग्य सामग्री बजारमा आउँछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले गाईजात्रे कमेडी ‘गठबन्धन’ ल्याएका छन् ।

मुलुकको समसामयिक राजनीति, यसले चुनावमा पारेको प्रभाव, चर्को मूल्यवृद्धि, दलप्रतिको नैराश्यता, युक्रेन र रुस लगायतका सन्दर्भलाई उनले कमेडी गठबन्धनमा समेटेका छन् ।

फिल्म भैरेको गीत ‘सान्नानी’मा आधारित रहेर प्यारोडी गीत पनि बनाएका छन् । गीतमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमेडीमा समेटेका छन् ।

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’को भिडियोमा रिजालसहित दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।

दुई दशकभन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । यसअघि उनले ल्याएको ‘लकडाउन’ नामक गाईजात्रे कोसेली निकै रुचाइएको थियो ।

गाईजात्रा हामी हास्य कलाकारको लागि महान् पर्व तथा उत्सव भएकाले लामो समयदेखि यो पर्वमा नियमित व्यंग्यका कोसेली ल्याउने गरेको रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?