News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राण्डवर्थ प्रालिको आयोजनामा ८३ सालको गाईजात्रा भदौ १२, १३ र १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ।
९ भदौ, काठमाडौं । ब्राण्डवर्थ प्रालिको आयोजनामा ८३ सालको गाईजात्रा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भदौ १२, १३ र १४ गते हुने भएको छ ।
प्रज्ञामा हुने गाईजात्रामा बरिष्ठ हास्य व्यङ्ग्य कलाकार मनोज गजरेलसहित शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा र सीता न्यौपाने लगायतका कलाकारको प्रस्तुति रहनेछ।
त्यसैगरी सरोज घिमिरे, आशीष खनाल माडसाब, कल्पना खतिवडा, प्रकृति गिरी, सन्देश सुवेदी, स्मारिका फुयाँल, टीकाराम आचार्य, नारायण कडरिया र पुष्पराज भट्टराईले पनि प्रस्तुती दिनेछन् ।
यो पटकको कार्यक्रममा युवापुस्ताको उल्लेख्य सहभागिता भएको र प्रविधिको अत्यधिक प्रयोग हुने कलाकार मनोज गजुरेलले बताए ।
कार्यक्रमको मुख्य प्रायोजक केएनपी नेरोलेक पेन्ट्स् रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4