News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरको गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
- बैंकले उक्त योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र राखेको र आवश्यक कागजात पूरा भए ३ कार्यदिनभित्र कर्जा प्रवाह गर्ने जनाएको छ।
- सीमित समयका लागि लागु हुने यो सुविधा बैंकका देशभरका शाखाबाट उपलब्ध हुनेछ।
९ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरको आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।
ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ ।
‘यस योजना अन्तर्गत आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकताहरु पूरा भएको अवस्थामा ३ कार्यदिन भित्रै कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ’ बैंकले भनेको छ ।
यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल, सहज र शीघ्र कर्जा प्रवाहको सुविधा प्रदान हुने बैंकको भनाइ छ ।
सीमित समयका लागि मात्र लागु रहने यस विशेष सुविधा बैंकको देशभरका शाखाहरूबाट लिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4