News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको दतात्रयमा दिवङ्गत आफन्तको सम्झनामा आज लुसि प्याखँ प्रदर्शन गर्दै गाईजात्रा मनाइएको छ।
- भक्तपुर नगरपालिका–४ लाकुलाछेंबाट साँझ ४ बजेदेखि भैलद्यको परिक्रमा शुरू गरी पहिलो दिनको गाईजात्रा समापन गर्ने परम्परा छ।
- आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्राको दोस्रो दिन आज हो, र भोलिदेखि बाँकी सात दिन साँझसाँझ व्यङ्ग्यात्मक जात्रा चल्नेछ।
१३ भदौ, काठमाडौं । भक्तपुरको दतात्रयमा दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइएको छ । लुसि प्याखँ (धिङताङ घिंसि) प्रदर्शन गरेर नगर परिक्रम गर्दै गाईजात्रा मनाइएको हो ।
नेवार समुदायमा वर्ष भरिमा मृत्यु हुने आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा छ ।
भक्तपुर नगरपालिका–४ लैको लाकुलाछेंमा राखेर बनाइएको भैलद्य(बाँंस, परालको सहायताले बनाइने गाईको प्रतीक) को परिक्रमा गरेर पहिलो दिनको गाईजात्रा समापन हुने परम्परा छ । जात्रालाई समयमै समापन गरी व्यवस्थित गर्ने उद्देश्यका साथ यो वर्ष तालिका बनाइ साँंझ ४ बजेदेखि भैलद्यको परिक्रमा थालिएको थियो ।
भक्तपुरको गाईजात्राको विशेष आकर्षण भैलद्यको परिक्रमा नै हो । लाकुलाछेंबाट भैलद्यलाई न्यातापोल मन्दिर हुँंदै नगर परिक्रमा थालिन्छ । यो क्रममा न्यातापोल मन्दिरमा विशेष भीड लाग्छ । यो भन्दा बढी भीड दरबार क्षेत्रमा लागेको हुन्छ । यहाँं भैलद्यसँंगै त्यसका पछाडिका ताहासा (गाईको प्रतीक) पनि रहने भएको र ठूलो क्षेत्रमा तीन चक्कर घुमाउने भएकाले यहाँंको दृश्य निकै मनोमोहक हुने गर्दछ ।
आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्राको शनिबार दोश्रो दिन हो । भोलि आइतबारदेखि जात्रा अझै सातदिन चल्नेछ । तर जात्रा आज शनिबारको जस्तो दिनभर धुमधाम हुने भने छैन । अन्य दिनहरूमा साँंझसाँंझ व्यङ्ग्यात्मक गाईजात्रा हुने गर्दछ ।
यस क्रममा टोलटोलबाट व्यङ्ग्यात्मक प्लेकार्डहरू बोकेर घिन्तागिसी नाच निकालिन्छ । साथै यी दिनहरूमा टोलटोलबाट विभिन्न नाचहरू पनि प्रदर्शन गरिन्छ ।
















तस्वीरहरू: विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4