+
+
Shares

‘पिखालखु’बारेको अभिव्यक्तिमा वडाध्यक्ष कार्कीले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १६:३९

९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले ‘पिखालखु’बारे आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । उनको विवादास्पद अभिव्यक्तिबारे छलफल गर्न पुगेका सम्पदा संरक्षणका अभियान्तासँग कार्कीले माफी पनि मागेका छन् ।

नेवा समुदायले घरको मूलढोका अगाडि बलेनी (आँगन) मा मण्डला कुँदिएको ढुंगा राख्न प्रचलन छ । हरेक दिन विहान र बेलुकी पूजा गरिने ‘पिखालखु’लाई उनले विकासको बाधक भनेका थिए ।

उनले एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा वडाध्यक्ष कार्कीले भनेका थिए, ‘काठमाडौंमा ढोका बाहिर एउटा ढुंगा राखेर पूजा गरिन्छ, यहाँ ढल बनाउन पनि पाउँदैनस्, सडक बनाउन पनि पाउँदैनस् भनिन्छ, यो नै मुख्य विकासको बाधक बनेको छ ।’

सोमबार वडा कार्यालय पुगेका अभियान्ताहरुसँग अध्यक्ष कार्कीले अन्य धर्म र आस्थाको सम्मान गर्ने बताए । ‘यहाँहरु मेरो अभिव्यक्तिले दुःखी हुनुहुन्छ भने क्षमा प्रार्थी छु,’ उनले भने,’अब सोचेर बोल्नेछु ।’

कतिपय ठाउँमा विकासका मा गर्न लाग्दा धर्मका नाममा दुःख दिने दिने र अवरोध गर्ने गरिएको भन्दै उनले आफूले त्यस्तो प्रवृत्तिलाई संकेत गरेको बताए ।

तर, नेवार समुदायको धार्मिक भावनामा ठेस पुर्‍याउने कुनै मनासय नरहेको उनले बताए । अभियान्ताहरुले वडाध्यक्ष कार्कीसाग पिखालखुका कारण रोकिएको विकास काम दखानउ चुनौती दिएका थिए ।

जवाफमा अध्यक्ष कार्कीले सबै मिलेर विकासका काम र सम्पदा संरक्षण गर्नुपर्ने बताएका थिए ।

यअसघि नगरकर्यपालिकामा ‘औषधि पाए हालेर २५ सय कुकुर मार्थें’ भन्ने कार्कीको अभिव्यक्ति विवादमा परेको थियो । उनको अभिव्यक्ति विरुद्ध अदालतमा रिट नै परेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?