+
+

स्टार्टअप उद्यमको प्रवर्द्धन सरकारको प्राथमिकतामा : मन्त्री बडु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:१०
फाइल तस्वीर

९ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप उद्यमको प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा बोल्दै बडुले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोल्ने घोषणा गरेको समेत बताए ।

अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै मन्त्री बडूले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरिएको बताए ।

मन्त्री बडूले सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवर्द्धनमा जोड दिएको उल्लेख गरे । उनले सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको समेत जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक भएको बताए । उनले नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप यो सफलताको दर बढाउन इन्कुबेसन सेन्टर आवश्यक भएको उल्लेख गरे । अध्यक्ष गोल्छाले सरकारले नेपाली युवालाई देशभित्र नै भविष्य बनाउन इन्कुबेसनमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

महासंघले बिजनेस इन्कुबेटर कन्फरेन्सले घोषणापत्र जारी गर्दै सन् २०३० सम्म देशलाई स्टार्टअप नेसन बनाउने र स्टार्टअप ई-को सिस्टम बनाएर एक लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?