+
+

फ्रान्सका गुस्ताभ बने टी-२० आईमा शतक बनाउने कान्छा खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १७:००

१० साउन, काठमाडौं । फ्रान्स राष्ट्रिय क्रिकेट टिमका ओपनर गुस्ताभ म्याककेओन टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

टी-२० विश्वकप युरोपियन छनोटको समूह बीको खेलमा सोमबार स्वीट्जरल्याण्ड विरुद्ध १८ वर्ष २८० दिन हुँदा शतक प्रहार गर्दै उनले उक्त कीर्तिमान बनाएका हुन् ।

फिनल्याण्डको टिकुरिला क्रिकेट मैदानमा भएको खेलमा गुस्ताभले शतक प्रहार गर्दै अफगानिस्तानका हज्रतुल्लाह जजाईको नाममा रहेको कीर्तिमान तोडे । जजाईले २० वर्ष ३३७ दिन हुँदा शतक प्रहार गरेका थिए ।

आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलेका गुस्ताभले ६१ बल खेल्दै ५ चौका र ९ छक्का मद्दतमा १०९ रन बनाए । आइतबार चेक रिपब्लिक विरुद्ध खेल्दै गुस्ताभले टी २० मा डेब्यु गरेका थिए । स्वीट्जरल्याण्ड विरुद्ध उनी इनिङ्सको तीन बल बाँकी छँदा रनआउट भएका थिए ।

गुस्ताभले शतकको कीर्तिमान बनाए पनि फ्रान्स भने स्वीट्जरल्याण्डसँग १ विकेटले पराजित भयो । यसअघि अफगानिस्तानका जजाईले सन् २०१९ मा आयरल्याण्डविरुद्ध ६२ बलमा उनले अविजित १६२ बनाएका थिए ।

दीपेन्द्र सिंह ऐरी पाँचौ स्थानमा

कम उमेरमा टी-२० आईमा शतक प्रहार गर्नेमा नेपालका दीपेन्द्र सिंह ऐरी पाँचौ स्थानमा छन् । उनले गत अप्रिलमा कीर्तिपुरमा भएको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसिया विरुद्ध शतक प्रहार गर्दा २२ वर्ष ६८ दिनका थिए ।

टी-२० आईमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने पाँच खेलाडी :

गुस्ताभ म्याकेओन : १८ वर्ष २८० दिन,

हज्रतुल्लाह जजाई : २० वर्ष ३३७ दिन,

शिवकुमार पेरियालवार : २१ वर्ष १६१ दिन,

ओर्चिड तुयीसेंगे : २१ वर्ष १९० दिन,

दीपेन्द्र सिंह ऐरी : २२ वर्ष ६८ दिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?