+
+

सरकारका काम कारबाहीबारे जनताले थाहा पाउनुपर्छ  : राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २२ गते ११:५१

२२ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको भन्दै नागरिक सुसूचित हुनु पर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने बताए ।

जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक भएको उनको भनाइ छ ।

उनले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र नभई सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए ।

उनले कानून कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रुपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?