+
+

‘दोबारा’ ट्रेलर : अनुराग कश्यपको टाइम ट्राभल थ्रीलरमा रहस्यमयी तपसी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते २१:४४

काठमाडौं । अभिनेत्री तपसी पन्नु अनुराग कश्यप निर्देशित फिल्म ‘दोबारा’मार्फत पुनरागमन गर्दैछिन् । एकता कपुरले निर्माण गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको ट्रेलरमा तपसीलाई २६ वर्ष पुरानो एक रहस्यमयी घटनाको सत्य पत्ता लगाउन संघर्ष गरिरहेको परिस्थितीमा देख्न सकिन्छ ।

राहुल भाट र पाभेल गुलातीको समेत मुख्य भूमिका रहेको फिल्म अगस्ट १० मा प्रदर्शन तयारीमा छ । फिल्म दोबारा एक महिलाको वरिपरि घुम्छ जो एक केटाको जीवन बचाउन लागिपर्छ । उक्त केटा दुई दशक पुरानो एक हत्याको घटनासँग जोडिएको छ ।

उक्त केटा र मुख्य पात्र कसरी एक टेलिभिजनको माध्यमबाट जोडिन्छन् भन्ने कथावस्तु यसमा छ । ट्रेलरमा तपसी, उसको पति र छोरी नयाँ घरमा सरेपछि आउने घटनाक्रम चित्रण छ । फिल्ममा टाइम ट्राभलको रोमाञ्चक कथावस्तु पनि छ ।

सन् २०१८ मा रिलिज भएको स्पेनिस थ्रीलर फिल्म ‘माइलेज’को यो भारतीय संस्करण हो । ‘मनमर्जियाँ’पछि कश्यप र तपसी यो फिल्ममा सहकार्य गरेका हुन् । भारत रिलिजअघि यो फिल्म अगस्ट १२ मा मेलबर्नमा हुने इन्डियन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ ।

हेर्नूस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?