+
+

अदालत जान खोज्दा निहारिका राजपुतलाई प्रहरीले रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १२:१४

२२ साउन, काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि नियन्त्रणमा लिइएको हो ।’

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

उनले आफूलाई ‘कुमारी आमा’का रुपमा चिनाउने गरेकी छन् । ‘विगतमा ५ बुँदे मागसहितको पूरा गर्ने झुठो आश्वासन दिएर अनसन तोड्न लगाउने टिमलाई पनि अझ कति दिन कुनुपर्छ ?’ उनले प्रश्न गरेकी छन्, ‘कुमारी आमाहरु मर्नै पर्ने हो ? कि माग पूरा गर कि हाम्रो बाँच्ने अधिकार छैन भनेर जवाफ देऊ ।’

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलातकार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?