+
+

अर्थर गनको नेपाल कन्सर्ट साउन अन्तिमदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १३:३५

काठमाडौं । अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको नेपाल कन्सर्ट साउन अन्तिमदेखि सुरु हुने भएको छ । ‘टुबोर्ग होम कमिङ अर्थर गन’ नाममा हुने कन्सर्ट देशका सात सहरमा आयोजना हुनेछ ।

डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउन लागेका अर्थर गनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, नेपालगञ्ज, काँकडभिट्टा लगायत सहरमा सांगीतिक प्रस्तुति दिनेछन् ।

अमेरिकन आइडल १८ औं सिजनको एक हिस्सा बनेपछि अर्थरको लोकप्रियता निकै बढेको छ । उनको सांगीतिक प्रस्तुतिलाई देखेर चर्चित अमेरिकी गायिका केटी परीले आर्थरलाई ‘हि इज द बेस्ट’ भनी प्रशंसा समेत गरेकी थिइन् ।

टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउन लागिएको हो । गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको र सोही सम्बन्धलाई निरन्तरता दिंदै सांगीतिक प्रस्तुतिका लागि आर्थरलाई नेपाल ल्याउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?